मन्त्री पाण्डेले आह्वान गरे पशुपति क्षेत्र विकास कोषको परिषद् बैठक



फाइल तस्वीर

काठमाडौं।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौशाला धर्मशालासम्बन्धी विवाद अन्त्य गर्ने प्रयासस्वरुप पशुपति क्षेत्र विकास कोषको बैठक आह्वान गरेका छन्। परिषद् बैठक आउँने आइर्तबार अर्थात कार्तिक ४ गते मन्त्रालयमा बस्ने भएको हो ।

पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री पाण्डेले असोज ३० गते ‘शान्ति सुरक्षामा समस्या उत्पन्न भएको’ भन्दै कोषलाई गरेको पत्राचारमा पशुपति गौशाला धर्मशाला खाली गराउने काम रोक्न निर्देशन दिएका छन्।

कोषले आफ्नो पूर्ण स्वामित्वमा रहेको राज्यको सम्पत्ति धर्मशालालाई कुनै व्यक्ति वा व्यापारिक समूहलाई सञ्चालन गर्न नदिने बरु गैरनाफामूलक ढङ्गले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा सञ्चालन गर्ने घोषणा गरेपछि विवाद भएको हो।

यसअघि धर्मशाला सञ्चालन गर्न आएको मारवाडी सेवा समिति कोषको उक्त निर्णयको विरोधमा उत्रिएको काेषका प्रवक्ता रेवतीरमण अधिकारीले बताएका छन्।साथै धर्मशाला सम्बन्धमा कुनै काम नगर्न कोषलाई मन्त्री पाण्डेले निर्देशनसमेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्