विपी राजमार्ग:साविकमा यातायात सञ्चालन गर्न अनुमति पाएका सबै खालका सवारी साधनहरु खुल्ला

काठमाडौं: बाढी र पहिरोबाट क्षती भएको विपी राजमार्गमा साना सवारी साधनलाई मात्र अनुमति दिएपनि साविकमा यातायात सञ्चालन गर्न अनुमति पाएका सबैखालका साधनहरुलाई सञ्चालन गर्न खुल्ला गरिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ।

उक्त क्षतिग्रस्त राजमार्गमा आज मंगलबारबाट यसअघिजस्तै सवारी आवागमन खुला गरिएको छ।
बाढी पहिरोका कारण विपी राजमार्गको भकुण्डेबेसी वर्षेखोला खण्डको करिब ८ किलोमिटरभन्दा बढी लम्बाईको सडक पूर्णरुपमा बगाएकाले हाल नयाँ ट्रयाक निर्माण गरी सवारी साधनको लागि आवागमन खुलाइएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको हो ।

