हात्तीको आक्रमणबाट बाराका हस्तबहादुर ठोकरको मृत्यु



फाईल तस्वीर

काठमाडौं:बारामा हात्तीको आक्रमणमा परि एकजनाको मृत्यु भएको छ।मृत्यु हुनेमा कोल्हवी नगरपालिका–२ बस्ने ६३ वर्षीय हस्तबहादुर ठोकर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए।

सोमबार आज विहान घाँस काट्न गएका ठोकरलाई हात्तीले आक्रमण गरेको थियो। अबेरसम्म पनि घाँस लिएर घर नफर्केपछि परिवारका सदस्य र गाउँले मिलेर जङ्गलमा खोज्न गएका थिए।

खोज्ने क्रममा ठोकर मृत भेटिएपछि प्रहरीलाई खबर गरेका थिए।  मृतक ठोकरको शव परीक्षणका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको प्रहरीले जनाएको छ।

केही दिनअगाडि कोल्हवी नगरपालिका–२ मै एउटा हात्ती मृत फेला परेको थियो।

प्रतिक्रिया दिनुहोस्