राष्ट्रपति पौडेलले दाजु डुण्डीराजको हातबाट ग्रहण गरे टीका
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले ९४ वर्षीय दाजु डुण्डीराज पौडेलबाट विजयादशमीको टीका, प्रसाद, जमरा र आशीर्वाद ग्रहण गरेका छन् । सोही अवसरमा उनले गुरु पुरोहितबाट पनि टीका, जमरा र प्रसाद ग्रहण गरे ।

राष्ट्रपति पौडेलले शीतल निवासमा शनिबार बिहान शुभसाइत ११ बजेर ३६ मिनेटमा टीका र जमरा ग्रहण गरेको उनको स्वकीय सचिवालयले जनाएको छ ।
उनले आफूले टीका ग्रहण गरेपछि प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई पनि टीका र जमरा लगाइदिए

