दुई महिनामा नेपाल भित्रियो ६ करोड ११ लाख रुपैयाँको तास



काठमाडौं।चालु आर्थिक वर्षको दुई महिनामा ६ करोड ११ लाख रुपैयाँको तास आयात भएको छ। गत वर्षको यसै अवधिमा ६ करोड ४४ लाख रुपैयाँको तास आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

भन्सार विभागको तथ्यांक अनुसार हरेक वर्ष औसतमा १ करोड २२ लाख प्याकेट तास आयात हुने गरेको छ।

पछील्ला ८ बर्षमा नेपालीलले करिब २ अर्ब रुपैयाँ बराबरको तास आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक बर्ष २०७३/७४ देखि आव २०८०/०८१ सम्म १ अर्ब ६३ करोड रुपैयाँको तास आयात भएको हो ।

नेपालमा भने खासगरी चाडपर्वको बेलामा तासको प्याकेटको माग उच्च हुने गरेको छ । दशैंतिहारमा कतिपयले जुवाका रुपमा त कतियले रमाइलोको रुपमा मात्रै तास खेल्ने प्रचलन छ ।

तर,बिशेषगरी चाडपर्वमा धेरै खलिने तास देशभित्र उत्पादन भने हुँदैन त्यसैले पनि बर्षेनी करोडौं रुपैयाँका तास विभिन्न देशबाट नेपाल भित्रिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्