धौलागिरी आरोहणमा गएका पांँच रुसी आरोहीहरुको शव फेला



काठमाडौं।धौलागिरि हिमाल पर्वतारोहण गर्न गएका पाँच जना रूसी नागरिकको मृत्यु भएको छ।

पाँचै जनाको शव मंगलबार बिहान ७ हजार ६०० मिटरको उचाइमा फेला परेको पर्यटन विभागका निर्देशक राकेश गुरूङले बताए।
१४ जना रूसी नागरिकको समूह पर्वतारोहणका लागि आएका थिए। उनीहरू २०-२२ दिन अगाडि नै आएर पर्वतारोहणका लागि गएको उनको भनाई छ।

धौलागिरि आरोहणका लागि गएका ८ जना आइतबार रातिदेखि नै सम्पर्कविहीन भएका थिए। उनीहरू आइ.ए.एम ट्रेकिङ एजेन्सीमार्फत् आरोहणका लागि गएका थिए।

प्रतिक्रिया दिनुहोस्