जमरकट्टेल सेवा प्रतिष्ठान,नेपालको ५ औं अधिबेशन सम्पन्न,अध्यक्षमा देबेन्द्र सर्बसम्मत



सोलुखुम्बु।जमरकट्टेल सेवा प्रतिष्ठान,नेपालको अध्यक्षमा देबेन्द्र जमरकट्टेल सर्बसम्मत निर्बाचित भएका छन्।

नेचासल्यान गाउँपालिकामा केन्द्रीय कार्यालय रहेको प्रतिष्ठानको सोमबार सम्पन्न ५ ओैं अधिवेशनले निबर्तमान महासचिव जमरकट्टेलको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति सर्बसम्मत रूपमा निर्वाचित गरेकाे निर्बाचन समिति संयोजक होमप्रसाद जमरकट्टेलले जानकारी दिए।

समितिको उपाध्यक्षमा खेमराज जमरकट्टेल,महासचिवमा प्रेमप्रसाद जमरकट्टेल,सचिवमा प्रेमकुमार जमरकट्टेल,कोषाध्यक्षमा ताेयानाथ जमरकट्टेल र सहकोषाध्यक्षमा युवराज जमरकट्टेल निर्बाचित भएको उनले बताए।

अधिबेशनले युवराज जमरकट्टेल,टेकप्रसाद जमरकट्टेल,खेम जमरकट्टेल,गुणा जमरकट्टेल,झनक जमरकट्टेल,नारद जमरकट्टेल र चाेलकुमारी जमरकट्टेल चयन गरेको छ।

प्रतिष्ठानका संस्थापक महासचिव एबम् सल्लाहकार समिति संयोजक बालकुमार जमरकट्टेलको प्रमुख आतिथ्य तथा निबर्तमान अध्यक्ष कमलप्रसाद जमरकट्टेलको अध्यक्षतामा सम्पन्न अधिबेशनका क्रममा महासचिव देवेन्द्र जमरकट्टेलले संगठनिक प्रतिवेदन र काेषाध्यक्ष ताेयानाथ जमरकट्टेलले आर्थिक प्रतिवेदन पेश गरेका थिए।

प्रतिक्रिया दिनुहोस्