पुर्जा र मिङ्माले बनाए हिमाल आरोहणमा नयाँ कीर्तिमान



काठमाडौं । कीर्तिमानी आरोही निर्मल पुर्जा र मिङ्मा जी शेर्पाले विनाअक्सिजन विश्वका १४ वटा हिमाल आरोहण गरेर नयाँ कीर्तिमान बनाएका छन् ।

दुवै आरोहीले तिब्बती समयअनुसार शुक्रबार अपरान्ह ८ हजार २७ मिटर अग्लो शिशापाङ्ग्मा हिमालको अक्सिजनको सहायताविना नै सफल आरोहणपछि १४औं आरोहणको कीर्तिमान बनेको हो ।

उनीहरुले ८ हजार मिटरभन्दा अग्ला १३ वटा हिमालको यसअघि नै विनाअक्सिजन आरोहण गरिसकेका थिए । शिशापाङ्मा १४औं हिमाल हो । पुर्जाले यसअघि नै संसारका ८ हजार मिटरभन्दा अग्ला हिमालको ४९ पटक आरोहण गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्