भोलि सार्बजनिक बिदा
काठमाडौँ । भोली असोज १७ गते (बिहीबार) देशभर सार्वजनिक बिदा हुने भएको छ ।

नेपाल सरकारले घटस्थापनाको अवसरमा भोली सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार सरकारले असोज १७ गते बिदा दिने भएको हो ।
उक्त दिन बैंक तथा वित्तीय संस्था, सेयर बजार र सरकारी कार्यलयहरु बन्द रहनेछन्।

