५ लाख नगदसहित पलेशालाई काठमाडाैं महानगरले गर्‍यो सम्मान




काठमाडौं । काठमाडौं महानगरपालिकाले पेरिस पारा ओलम्पिक खेलकुदमा ऐतिहासिक कास्यपदक जितेकी पलेशा गोवर्धनलाई नगदसहित सम्मान गरेको छ ।

मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले पलेशालाई नगद ५ लाख रुपैयाँसहित सम्मान गरेका हुन् ।साथै, कोच रविराज नेगीलाई पनि नगद तीन लाखसहित सम्मान गरेको महानगरले जनाएको छ ।

बुधबार बिहान ८ बजे स्वदेश फर्किएकी पलेशालाई त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाटै उनीसहित नेपाली टोलीलाई नगर परिक्रमा गराइएको थियो ।

पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तर्गत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशाले कास्यपदक जितेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्