सोलुखुम्बु जिल्ला अस्पताल फाप्लुमा दन्त सेवा सुरु
सोलुखुम्बु । सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुले दन्त सेवा सुरु गरेको छ ।

अत्याधुनिक सुविधासहित सुरु दन्त सेवाको जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख एवं अस्पताल विकास समितिका अध्यक्ष कृष्ण प्रसाद निरौला र सोलुदुधकुण्ड नगरपालिका ४ का वडाध्यक्ष युवास तामाङले मंगलबार शुभारम्भ गरेका हुन्।
दन्त सेवा शुभारम्भको अवसरमा एक हप्तासम्म दाँत सम्बन्धी ओपिडी सेवा नि:शुल्क गरेको जिल्ला अस्पताल फाप्लुले जनाएको छ ।