सत्तारुढ एमालेको पोलिटव्यूरो बैठक सुरु
काठमाडौं।सत्तारुढ दल नेकपा एमालेको पोलिटब्युरो बैठक केन्द्रीय कार्यालय च्यासलमा आजबाट सुरु भएको छ।

दुई दिनसम्म सञ्चालन हुने बैठक सचिवालयले राखेको प्रस्ताव,पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीति, सरकारको कामको समीक्षा, तेस्रो चरणको पार्टीको सांगठनिक कार्यक्रम सार्वजनिक गर्ने विषयमा छलफल केन्द्रित हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
छ। बैठकमा २०८४ सालसम्मको पार्टी कामको योजनाबारे विस्तृत छलफल र केन्द्रीय कमिटी बैठकमा लैजाने एजेण्डाका बारेमा पनि छलफल हुनेछ।एमालेले यसअघि २०८१ सालमा संगठन र सदस्यता विस्तार गर्ने, पार्टी शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने गरी कार्ययोजना तयार पार्ने निर्णय गरेको थियो।
एमालेको यस अगाडि बसेको सचिवालय बैठकले मिसन ८४ लाई केन्द्रित गरी ठूलो संख्यामा केन्द्रीय सदस्य र पदाधिकारीहरूको जिम्मेवारी हेरफेर,प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा केन्द्रित गरेको छ।