रक्षामन्त्री राईसंँग नेशनल डिफेन्स कलेज भारतको प्रतिनिधिमण्डलद्वारा शिष्टाचार भेट
काठमाडौं।रक्षामन्त्री मानबीर राईसंग नेशनल डिफेन्स कलेज भारतको एक प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ।
रक्षामन्त्री राईसंग रियर एडमिरल सन्दिप सिंह सन्धुको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले सोमबार मन्त्रालयमा शिष्टाचार भेट गरेको हो।
भेटका अवसरमा मन्त्री राईले नेपाल र भारतबीच रहेको गाढा सम्बन्ध,असल छिमेकिपन र सौहार्दताको बिषयमा चर्चा गर्नुभएको थियो। उहाँले भारतबाट नेपाली सेनालाई प्राप्त सहयोग र तालिमका लागि धन्यवाद ब्यक्त गर्नुभएको मन्त्री राईको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार प्रतिनिधि मण्डलका प्रमुख सन्दिप सिंह सन्धुले न्यानो आतिथ्य र भेटका लागि मन्त्री राईलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।