गण्डकी प्रदेश सरकारमा एमाले सहभागी,चार मन्त्रीले लिए सपथ



काठमाडौं।गण्डकी प्रदेशमा नेकपा एमाले सरकारमा सहभागी भएको छ।चार जना मन्त्रीसहित सो पार्टी सोमबार प्रदेश सरकारमा सहभागी भएको हो।उनीहरूले आजै शपथ लिएका छन् ।

प्रदेश प्रमुख डिल्लीराम भट्टले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

एमालेबाट पद्मा जीसी श्रेष्ठले कृषि,भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय प्रकाश केसीले पाएका छन् भने कृष्ण पाठकलाई स्वास्थ्य मन्त्रालय, मित्रलाल बस्याललाई उद्योग तथा पर्यटन मन्त्रालय दिइएको छ।

प्रतिक्रिया दिनुहोस्