श्रोत नखुलेको रकमसहित बिराटनगरबाट एक भारतीय नागरिक पक्राउ




मोरङ।श्रोत नखुलेको रकमसहित बिराटनगरबाट एक भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारत अररिया फारबिसगंज-१० बस्ने ३९ वर्षीय अर्जुन कुमार छन्।उनलाई महानगरपालिकाको १८ रेलवे लाईन दशगजाबाट स्रोत नखुलेको ६ लाख रूपैयाँ सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

अस्थायी प्रहरी पोष्ट भेडयारीबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जादै गरेको बआर ३८ एल १९१४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक कुमारलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्