नेपाल पत्रकार महासंघको निर्वाचन असोज ५ गते हुने



काठमाडौं।नेपाल पत्रकार महासंघको निर्वाचन आगामी असोज ५ गते हुने भएको छ।

महासंघका अध्यक्ष विपुल पोखरेलले आइतबार बिज्ञपति प्रकाशित गर्दै असोज ५ गते गर्न निर्बाचन समितिलाई सिफारिस गरेको जानकारी गराएका छन्। यस अघि घोषित मितिमा निर्बाचन हुन नसक्नुका कारण जे सुकै भएपनि त्यसको नैतिक जिम्मेवारी अध्यक्षका हैसियतले आफुले लिने अध्यक्ष पोखरेलको भनाई छ।

‘महसंघको सबैखाले अभियानमा महत्वपूर्ण साथ,सहयोग र रचनात्मक ऊर्जा दिने सबै साथीहरूप्रति आभार प्रकट गर्दै २०८१ असोज ५ गते महासंघको सबै तहको निर्वाचन एकैसाथ सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार गरिएको जानकारी गराउँदछु,’ उनले निकालेको विज्ञप्तिमा उल्लेख छ।

नयाँ नेतृत्व चयन प्रक्रिया नियमित हुन नसक्दा आमपत्रकार र महासंघसँग प्रत्यक्ष वा अप्रत्यक्ष सरोकार राख्ने पक्षहरूमा छाएको निराशा र चिन्ता स्वाभाविक रहेको पनि उनले स्वीकार गरेका छन्।

प्रतिक्रिया दिनुहोस्