‘हेर्ने कथा’बाट भाईरल प्रकाश तामाङले पाए नागरिकता



भोजपुर।युट्युब कार्यक्रम ‘हेर्ने कथा’ मार्फत चर्चामा आएका प्रकाश मोक्तानलाई घरमै लगेर नागरिकता दिइएको छ। भोजपुरको षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदासले आइतबार प्रकाशलाई नागरिकता हस्तान्तरण गरेका हुन्।उनको नागरिकता नम्बर०९-०२-८१-००३५७/ भोजपुर रहेको छ।

प्रकाशले हेर्ने कथामा प्रसारण भएको ‘हराएका वर्षहरू’को पात्र बनेर ३५ वर्षपछि आफ्नो परिवारसँग पुनर्मिलन गरेका थिए। उनी गोरखाबाट भोजपुर फर्किएपछि नागरिकता दिइएको हो।उनी हिजो शनिवार मात्रै घर पुगेका हुन् ।

घर पुगेको भोलिपल्टै उनलाई नागरिकता प्रदान गरिएको हो । उनलाई नागरिकता दिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि निर्देशन दिएका थिए ।

प्रकाशलाई गोरखाका साहू टासी लामाले १० लाख रुपैयाँ पारिश्रमिक दिने घोषणा गरेका छन्। उनी बसेको चुमनुव्री गाउँपालिकाले थप १ लाख रुपैयाँ प्रदान गर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्