टान निर्बाचन भोलि : सापकोटा समूहले बाजी मार्ने सम्भावना



काठमाडौं।पर्यटन व्यसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सीज एशिसिएसन अफ नेपाल (TAAN) को भावी नेतृत्वका लागि हुने निर्बाचनमा अध्यक्षका उम्मेदवार राजेन्द्र प्रसाद सापकोटा समूहले बाजी मार्ने सम्भावना बढेर गएको छ।

सत्तारुढ प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमाले निकट व्यवसायीहरुको संयुक्त गठबन्धन रहेको यो समूहप्रति पर्यटन व्यबसायीहरुको बढ्दो आकर्षणले सोमबार हुने निर्बाचनमा सापकोटा समूह भारी मतान्तरले बिजयी हुने सम्बावना प्रबल बन्दै गएको हो।

टानको भोलि हुने निर्बाचनका लागि राजेन्द्र प्रसाद सापकोटा र सागर पाण्डे नेतृत्वको समूह चुनावी मैदानमा छन।सापकोटा समूहबाट वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा,प्रथम उपाध्यक्षमा बिष्णु प्रसाद लम्साल,द्वितीय उपाध्यक्षमा सनम शेर्पा र महासचिवमा राजेन्द्र सुवेदीको दावेदारी छ भने पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षमा चोलेन्द्र कार्की,प्रथम उपाध्यक्षमा दावा लामा (तामाङ),द्वितीय उपाध्यक्षमा निशेष थापा र महासचिवमा सोनाम ग्याल्जेन शेर्पा प्रतिस्पर्धामा छन्।

पाण्डे प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र निकट पर्यटन व्यबसायी हुन्।सुरुमा स्वतन्त्र र व्यावसायिक समूहका रूपमा आफुलाई अगाडी बढाउने घोषणा पाण्डे समूहले गरे पनि निर्बाचन प्रचार नै माओवादीमय भएका कारण पनि यो समूहसंग व्यबसायीहरु झस्कन पुगेका छन्।

व्यबसायी र सरकारबीच समन्वय गर्ने संस्था भएका कारण यो अवस्थामा टानमा समन्वयकारी नेतृत्व भयो भने पर्यटन व्यवसायको प्रबर्द्धन र व्यबसायीहरुको हित हुने व्यसायीहरुको निष्कर्ष छ।पर्यटन ऐन बनेको झन्डै ४६ बर्षपछि अहिले नयाँ ऐन निर्माणको चरणमा रहेको छ।यो अवस्थामा टानमा सापकोटा समूह आउँदा सहज हुने उनीहरूको बुझाईका कारण पनि यो समूहप्रति व्यसायीहरुको आकर्षण बढेको ठानिएको छ।

‘अहिले सरकारमा कांग्रेस-एमाले छन्, उनीहरू निकट व्यबसायीहरुले टानको नेतृत्व सम्हाले भने ऐन,कानून निर्माणका लागि समन्वय गर्न सहज हुन्छ’, एक व्यबसायीले भने,’माओवादी निकटले नेतृत्व हात पार्दा सरकारसंग टक्कर गर्ने,आन्दोलन गर्ने हुंदा पर्यटन क्षेत्र अस्तव्यस्त हुन्छ।’

टानमा माओवादी नेतृत्व भयो भने अन्तर्राष्ट्रिय रूपमा पनि यसको सन्देश सकारात्मक नजाने र पर्यटकको संख्या घट्ने त्रास ब्यबसायीमा छ।कतिपयको यो तर्कले पनि सापकोटा समूहलाई निकै फाईदा पुर्‍याएको चर्चा ब्यबसायीबीच चल्ने गरेको छ।

यति मात्र होइन।पर्यटन क्षेत्रको बिकासमा महत्वपूर्ण योगदान गरेका थुप्रै पर्यटन व्यसायीहरुको साथ र समर्थन पनि यो समूहलाई छ।टानकै पूर्ब अध्यक्षहरु याङ्किला शेर्पादेखि निलहरी बास्तोलासम्म पनि यही समूहलाई जिताउन न्वारानदेखिको बल लगाएर मैदानमा खटिएका छन्।उता,पर्यटन सम्बद्ध अर्को संस्था नेपाल पर्बतारोहण संघका अधिकांश पूर्ब र बर्तमान पदाधिकारी खुलेरै सापकोटा समूहमा लागेका छन् ।जस्ले गर्दा टानको भावी नेतृत्व सापकोटा समूहले हत्याउँछ भन्नेहरुलाई ठुलै बल पुगेको छ।

प्रतिक्रिया दिनुहोस्