प्रस्तावित १७ राजदूतको संसदीय सुनुवाइ सुरु
काठमाडौं।संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ आजबाट सुरु गरेको छ। अहिले सिंहदरबारस्थित विकास,आर्थिक मामिला तथा सुशासन समितिको हलमा केहीबेरदेखि प्रस्तावित राजदूतसँग सुनुवाइ गरिरहेको हो।
सुनुवाइ समितिकी सदस्य ईश्वरी घर्तीले आजबाट प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया अगाडि बढेको जानकारी दिइन्।सांसद घर्तीकाअनुसार आज प्रस्तावित १७ मध्ये चार राजदूतसँग छलफल हुँदैछ। आजको बैठकमा चीन, डेनमार्क, जर्मनी र भारतका लागि प्रस्तावित राजदूतसँग छलफल गर्ने तयारी छ।
समितिको मंगलबार बसेको बैठकले पारित गरेको कार्ययोजनाअनुसार भदौ १६, १७ , १८, १९, २०, २४ र २५ गतेगरी ८ दिनमा समितिले राजदूतहरूको सुनुवाइ सक्नेछ।
गत शुक्रबार समितिले उजुरीकर्ताहरूसँग छलफल गरेको थियो।सरकारले गएको साउन १४ गते १८ देशका लागि राजदूत नियुक्त गर्ने निर्णय गरेको थियो।