जुवातास खेलिरहेको अवस्थामा गोदावरीबाट आठ जना पक्राउ



ललितपुर।ललितपुरको गोदावरीमा जुवा खेलिरहेका आठजनालाई प्रहरीले पक्राउ गरेको छ।

नगरपालिकाको वडा नं १४ ठैब बस्ने ५२ वर्षीय जगतबीर देसारको आशिष झरना भ्य होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक जगतबीर समेत ८ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २६ हजार ६ सय २३ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्