पौडी खेल्ने क्रममा पोखरीमा डुबेर थुलुङ दुधकोशीमा ७ बर्षीय बालकको मृत्यु




सोलुखुम्बु। जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर- ४ मुलखर्कको साउने पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ७ बर्षीय बालक प्रशन्न तामाङ रहेका छन्। तीन जना विद्यार्थी विद्यालयबाट घर फर्कने क्रममा पौडि खेल्ने क्रममा स्थानीय बिक्रम तामाङको छोरा प्रशन्नको मृत्यु भएको खबर प्राप्त भएको तर घटनाको बिस्तृत विवरण आईनसकेको थुलुङ दुधकोशी गाउँपालिका प्रबक्ता भोजराज कार्कीले जानकारी दिए।

घटनास्थलमा प्रहरी चौकी सुकेबाट प्रहरी पुगिसकेको छ भने इलाका प्रहरी कार्यालय सोताङबाट प्रहरी निरीक्षकको टोलि जाँदै गरेको DSP द्वारिका प्रसाद घिमिरेले बताए। (सांकेतिक तस्बिर)

प्रतिक्रिया दिनुहोस्