रिभल्बर र ६ राउण्ड गोलीसहित सिन्धुलीमा एक जना पक्राउ
सिन्धुली।कमलामाई नगरपालिका-१० दोभान बस्ने ४७ वर्षीय भिम बहादुर हायुलाई रिभल्बर र सोही रिभल्बरको गोली ६ राउण्ड सहित बिहीबार राती प्रहरीले पक्राउ गरेको छ ।
भिम बहादुरको घरमा हतियार लुकाई राखेको भन्ने सूचनाकाआधारमा इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले घर तलासी गर्दा चामल राख्ने प्लास्टिकको ड्रमभित्र लुकाई राखेको अवस्थामा उक्त रिभल्बर र गोली फेला पारी उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।