माओवादी केन्द्रले लियो कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
विराटनगर । नेकपा माओवादी केन्द्रले काेशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार बसेकाे संसदीय दलकाे बैठकपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएको हाे ।

माओवादी केन्द्रले दल र संसदकाे तर्फबाट समर्थन फिर्ता लिएको माओवादी केन्द्र दलका नेता इन्द्रबहादुर आङ्बाेले बताए।माओवादी केन्द्रले दल र संसदको तर्फबाट समर्थन फिर्ता लिएको माओवादी केन्द्र दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।
२७ वैशाखमा माओवादी केन्द्रकाे समर्थनमा हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भएका थिए ।