देश आँधी आउनु भन्दा अगाडीको सन्नाटा जस्तो अवस्थामा : राप्रपा अध्यक्ष लिङ्देन
काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको परिस्थिति आँखाले देखेको जस्तो सामान्य अवस्थामा नभएको धारणा व्यक्त गर्दै यो आँधी आउनु अगाडिको सन्नाटा जस्तो भएको बताएका छन्।

शुक्रबार बसेको राप्रपाको केन्द्रीय सल्लाहकार समितिको बैठकलाई उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले भने, ‘अहिले देश हेर्दा सबै ठिकठाकै चलेको जस्तो देखिन्छ । शान्त छ, कुनै आन्दोलन छैन, नारा जुलुस छैन, सामान्य आँखाले हेर्ने हो भने ठिकै चलेको छ जस्तो देखिन्छ । यति बेला राप्रपाले प्रतिपक्ष दायित्व पूरा नगरे देश दीर्घकालीन निराशाको खाडलमा जाने बताए ।
उनले भने, ‘एमाले, कांग्रेस र माओवादीको वरिपरि देशको सत्ता घुमिरहेको छ । तर यस बीचमा देशको अवस्था के छ ? र सत्ताको कुन प्रकारले दुरुपयोग भयो भन्ने कुरामा साक्षी छौँ । अहिले देश एउटा यस्तो विन्दुमा पुगेको छ की अब पनि राष्ट्रिय प्रजातन्त्र पार्टीजस्तो शक्ति बलियो बनेर नआउने हो भने र यसले आफ्नो प्रतिपक्ष दायित्व पूरा नगर्ने हो भने जनतालाई एउटा अभिभावकत्व प्रदान नगर्ने हो भने देश दीर्घकालीन निराशाको खाडलमा जान्छ । र त्यसले जुनसुकै किसिमको अराजकता निम्त्याँउन सक्छ ।’ file foto