रबि लामिछानेसंँग भोलि बयान लिंदै संसदीय छानबिन समिति

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ ।

लामिछानेलाई गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशकको हैसियतमा बयानका लागि बोलाइएको समितिका सभापति सूर्य थापाले जानकारी दिए। उनलाई समितिले भोलि दिउँसो २ बजे बयानका लागि बोलाएको छ।
लामिछानेसँगै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई पनि बोलाइएको छ ।छविलाल जीबी राईका व्यापारिक साझेदारसमेत हुन्।जोशीलाई गोरखा मिडिया नेटवर्कको सञ्चालककका हैसियतमा बयानका लागि बोलाइएको समितिका सभापति सूर्य थापाले बताए।

