जबरजस्ती करणी तथा मानव बेचबिखन मुद्दाका फरार प्रतिबादी पक्राउ

काठमाडौं।जबरजस्ती करणी तथा मानव बेचबेखन ओसारपसार मुद्दाका फरार प्रतिबादी उदयपुर त्रियुगा नगरपालिका-१० बोक्से ठेगाना भएका ३४ वर्षीय पारस भन्ने दीपककुमार बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ।

उच्च अदालत वरािटनगरको २०८० मंसरि ५ गतेको फैसलाले जबरजस्ती करणी तथा मानव बेचबखिन ओसारपसार मुद्दामा १२ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले बुधबार काठमाडौंको अनामनगरबाट पक्राउ गरेको हो।
प्रतिबादी दीपकले २०७६ मंसिर २१ गते एक युवतीलाई ललाई फकाई डर र धम्की देखाई पटक-पटक जबरजस्ती करणी गरेको र भारततर्फ घरजम गरौला भनी झुक्यानमा पारी बेचबिखन गर्ने उदेश्यले २०७६ पुस १८ गते भारततर्फ लांदै गरेको अवस्थामा पीडितलाई उद्दार गरिएको जबरजस्ती करणी तथा मानव बेचबिखन मुद्दामा अदालतबाट उक्त फैसला भएको थयो।

