बाढीपहिरो लगायतका बिपदमा परी १ सय ७५ जनाको मृत्यु,४ हजार ४ सय ७२ परिवार बिस्थापित

काठमाडौं।अवरिल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायतका बिपदमा परी बिहीबार दिउँसोसम्म १ सय ७५ जनाको मृत्यु भएको छ।

बाढीपहिरो लगायतका बिपदमा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना,मधेश प्रदेशमा ८ जना,बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, लुम्बनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चमि प्रदेशमा ११ जना गरी जम्मा १ सय ७५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार यस अवधिमा २ सय २४ जना घाइते,४९ जना वेपत्ता,४ हजार ४ सय ७२ परिवार बिस्थापित र ३ सय ८४ घर डुबानमा परेका छन्। २ सय ८६ वटा घर, १ सय ५ वटा गोठ, ४९ वटा पुल, २ वटा वदिद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ८ सय २० वटा पशु चौपायको मृत्यु भएको छ। file foto

