यथास्थितिबाट मुलुक अघि बढ्न सक्दैन : थापा

काठमाडौँ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले आर्थिक समृद्धिको नारा गफबाट नभई कामबाट प्रमाणित गर्न आवश्यक रहेको बताएका छन्।

राप्रपा नेपाल काठमाडौं ५ नम्बर क्षेत्रद्वारा मंगलबार आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले सो कुरा बताएका हुन्। यथास्थितिबाट मुलुक अघि बढ्न नसक्ने भएका कारण तत्काल मार्गचित्र परिवर्तन जरुरी रहेको उनको भनाई थियो।राजादेखि सबै अटाउन सक्ने व्यवस्थाले मात्र मुलुकको आर्थिक,सामाजिक,राजनैतिक हित गर्ने उनले बताए।
काङ्ग्रेस,एमाले माओवादीको विकल्पमा राप्रपा नेपालले मात्र विचार दिनसक्ने भन्दै थापाले संगठन निर्माण र महाधिवेशन सम्पन्न गर्न कार्यतालिका अनुसार कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए।
file foto

