प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ भोलिबाट हुने
काठमाडौं।सरकारले विभिन्न १८ देशमा नियुक्तिका लागि सिफारिस गरेका राजदूतको सुनुवाइ भोलि (मंगलबार) हुने भएको छ।

प्रस्तावित राजदूतको सुनुवाइका लागि संसदीय सुनुवाइ समितिको ३३ औं बैठक बोलाइएको छ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवन रहेको शंकर हलमा १२.१५ मा सुरू हुनेछ।
सरकारले साउन १५ गते १८ देशका लागि राजदूत सिफारिस गरेको थियो। नेकपा एमालेकी स्थायी समिति सदस्य एवं पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फे दक्षिण कोरियाका लागि राजदूत सिफारिस भएकी छिन्।
त्यस्तै भारतका लागि राजदूत सिफारिस भएका शंकर शर्माको पनि पुनः सुनुवाइ हुने भएको छ। प्रस्तावित १८ राजदूतको सूची आइतबार समितिमा सुनुवाइका लागि पुगेको थियो।file foto

