अहिले नै संबिधान संशोधन गर्न सकिँदैन,दुई बर्ष कुर्नुपर्छ : कोइराला

काठमाडौँ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले अहिले नै संबिधान संशोधन गर्न नसकिने बताएका छन्।

आइतवार काठमाडौँमा आयोजित पुस्तक विमोचनमा उनले
संविधान संशोधन गर्नका लागि प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको दुई तिहाई बहुमत चाहिने भए पनि सरकारको बहुमत नपुग्ने भएका कारण अहिले नै संशोधन गर्न नसकिने बताएका हुन्।
राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गरेर निर्वाचन प्रणाली फेर्नुपर्ने भए पनि त्यसका लागि दुई बर्ष कुर्नुपर्ने उनको भनाई थियो।‘राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्नेछ तर हामीले यो पनि बुझ्नुपर्ने हुन्छ‚ अहिलेको लडाइँ प्रतिनिधित्व, पहिचान र पहुँचको लडाइँ पनि हो। संविधान अहिले नै संशोधन हुन्छ भन्ने कुरा पनि दिमागबाट हटाइदिनुस्‚ त्यो हुन सक्दैन भन्ने कुरा पनि हामीले बुझौँ‚’ उनले भने‚ ‘किन हुन सक्दैन भने प्रतिनिधिसभा र राष्ट्रियसभा मिलाएर दुई तिहाई बहुमत चाहिन्छ। राष्ट्रियसभामा यो सरकारको बहुमत पुग्दैन‚२ वर्ष कुर्नैपर्ने हुन्छ।’
नेता कोइरालाले संविधान संशोधन गर्दा नेकपा माओवादी केन्द्रलगायतका राजनीतिक दलहरुलाई पनि साथमा लिएर जानुपर्ने बताउँदै उनले प्रतिनिधिसभामा सबैलाई समेट्ने र राजनीतिक दलको बहुमत पनि आउनेगरी संविधान संशोधन गरिने बताए।
file foto

