नक्कली प्रहरीसहित ११ जना जुवातास खेल्दाखेल्दै सक्कली प्रहरीको फन्दामा
काठमाडौँ।कलाकार पुरुषोत्तम आचार्यसहित ११ जनालाई प्रहरीले
जुवातास खिलिरहेको अवस्थामा प्रहरीले काठमाडौं महानगरपालिका-८ गौरिघाटबाटबाट पक्राउ गरेको छ।

टेलिसिरियलहरुमा प्रहरीको भूमिकामा अभिनय गरेर चर्चित बनेका कलाकार आचार्यसहित कोशी प्रदेशका पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारी,सोलुखुम्बुको सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष बीरबहादुर राई, उत्तम कुमार राई, अनिश तामाङ, ठुला तामाङ, दिपक खड्का, भिम बहादुर साम्बाहाम्फे, रवि श्रेष्ठ, राजु महत, माधव थापालाई जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले शनिबार सांझ पक्राउ गरेको हो।
काभ्रेको बनेपा नगरपालिका-१२ घर भएका ४१ वर्षीय राजु महतको कोठामा जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका
उनीहरूलाई नगद १ लाख ७० हजार रूपैयाँ र १६ बुक तास सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।प्रहरीले आवस्यक अनुसन्धान गरी त्यसको प्रतिबेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ।त्यसकै आधारमा जिल्ला प्रशासन कार्यालयले आवश्यक निर्णय लिने बताईएको छ।

