दांङमा हातहतियारसहित तीन जना पक्राउ



दाङ।राजपुर गाउँपालिका-४ फोहरा बस्ने २२ वर्षीय ईच्ढा कुमार रैदासलाई भरूवा बन्दुक १ थान सहित गएराति प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी चङगुवाबाट खटिएको प्रहरीले उनलाई सोही ठाउँस्थित बनशक्ति सामुदायिक वनमा शिकार खेल्न जाँदै गरेको अवस्थामा उक्त बन्दुक सहित पक्राउ गरेको हो । यसैगरी दाङ, तुलसीपुर उपमहानगरपालिका-४ ठुलाखालीस्थित गादिबरा सामुदायिक वनबाट भर वा बन्दुक १ थान र सोही बन्दुकको गोली २१ राउण्ड छर्रा सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका-४ सुनवलपुर बस्ने ३६ वर्षीय टंक थापा र २९ वर्षीय युबराज गिरी रहेका छन्। अस्थायी प्रहरी पोष्ट गोठिखोलाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हातहतियार सहित पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्