रक्षामन्त्री राईलाई राष्ट्रिय युवा संघ सोलुखुम्बुको बधाई पत्र

काठमाडौं।राष्ट्रिय युवा संघ जिल्ला कमिटी सोलुखुम्बुले रक्षामन्त्री मानबीर राईलाई कार्यकाल सफलताको कामना सहित बधाई पत्र प्रदान गरेको छ।

रक्षा मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा संघका केन्द्रीय सदस्य एबम् सोलुखुम्बु जिल्ला इन्चार्ज प्रवेश किरांँतीले सो बधाई पत्र मन्त्री किराँतीलाई हस्तान्तरण गरेका हुन्।
गएको प्रतिनिधिसभा निर्बाचनमा प्रतिनिधिसभा सदस्यमा निर्बाचित नेकपा एमालेका केन्द्रीय सदस्य राईलाई प्रधानमन्त्री केपी ओलीले असार ३१ गते रक्षामन्त्रीमा नियुक्त गर्नुभएको थियो।
रक्षा मन्त्री राईलाई यस अघि नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बु र नेकपा एमाले सोलुखुम्बु-काठमाडौं सम्पर्क मञ्चले औपचारिक रूपमा बधाई पत्रसहित कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गरेका थिए।
संघले मन्त्री राईलाई प्रदान गरेको बधाई पत्रमा संघका जिल्ला इन्चार्ज किराँती,जिल्ला कमिटी अध्यक्ष खिलबहादूर कट्वाल र सचिब दीपक राईले हस्ताक्षर गरेका छन्।

