एयर डाईनेष्टिको बिमान दुर्घटनामा मृत्यु भएका चार जनाको शव फेला
काठमाडौं । रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाईनेष्टिको बिमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

१ बजेर ५४ मिनेटमा उडेको दर्ता नम्बर ९एन-एजेडी हेलिकप्टर बुधबार दिउँसो नुवाकोटको शिबपुरी गाउँपालिका सूर्यचौरमा दुर्घटना हुँदा चार जना चिनियाँ पर्यटकको मृत्यु भएको हो।मृत्यु हुने चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु –महिला) र जेमिङ सी (पुरुष) रहेका छन् ।
क्याप्टेन अरुण मल्लले उडाएको सो हेलिकप्टरमा पाँच जना सवार रहेको खुलेको छ । file foto

