सर्बोच्चले खारेज गर्‍यो माप्यदुधकोशीको नामाकरण र केन्द्र तोक्ने निर्णयबिरुद्ध दायर रिट




सोलुखुम्बु।जिल्लाको माप्यदुधकोशी गाउँपालिकाको नाम र केन्द्र तोक्ने गाउँसभाको निर्णयबिरुद्ध सर्बोच्च अदालतमा दायर रिट सर्बोच्च अदालतले खारेज गरि दिएको छ।

सर्बोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र बालकृष्ण ढकालको संयुक्त इजलासले मंगलबार सो रिट खारेज गरिदिएको हो।

०७४ साल पुस १३ गते बसेको गाउँसभाले सर्बसम्मत रूपमा गरेको निर्णय अनुसार गाउँपालिकाको नामाकरण र केन्द्र संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालयले फागुन १४ गते राजपत्रमा प्रकाशित गरेपछि त्यसलाई खारेज गर्नुपर्ने मागसहित सर्बोच्चमा मुद्दा  दायर भएको थियो।

प्रतिक्रिया दिनुहोस्