पहिरोका कारण गुल्मीमा चार र बागलुङमा एक जनाको मृत्यु



काठमाडौं।गुल्मीको मुसिकोट नगरपालिका– १ बिसौनामा पहिरोले घर बगाउँदा चार जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान करिब नौ बजे २५ मिटरमाथिबाट आएको लेदो पहिरोले घर बगाउँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी राजन भुजेलले जानकारी दिए ।

उनका अनुसार लेदोले पुरिएर स्थानीय गोरे विक, हुकुम विक, मुसुरी विक र साढे दुई वर्षकी रिएन्सी विकको मृत्यु भएको हो।त्यस्तै दुई जना घाइते भएका छन् घाइते हुकुम विक र नुना विकको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको एसपी भुजेलले जानकारी दिए ।

उता,बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ९ दर्लिङखोलामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ।

भीमगोठस्थित इलाका प्रहरी कार्यालयका अनुसार पहिरोमा परी १५ वर्षीय विधान परियारको मृत्यु भएको हो।उनको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ।

साथै बडिगाड गाउँपालिका वडा नम्बर १० दर्लिङमा तीन वटा घर पुरिएका छन्।विकट स्थानमा पहिरो खसेकाले त्यहाँ पुग्न कठिन भएको प्रहरीले जनाएको छ। (सांकेतिक तस्बिर)

प्रतिक्रिया दिनुहोस्