नेपाली कांग्रेसका ३७ बिभागले पाए प्रमुख (नामावली सहित)



काठमाडौं।कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा रिक्त रहेका विभिन्न विभागमा प्रमुखहरु मनोनयन गरेका छन्।

कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ को उपधारा १ (ग) बमोजिम सभापति देउवाले सोमबार विभिन्न विभाग प्रमुृखहरुको मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।

पौडेलका अनुसार,राज्य प्रशासन विभागमा गोविन्द भट्टराई,स्थानीय तह समन्वय विभागमा मधु आचार्य,अभिलेख, अनुगमन तथा मूल्याङ्कन विभागमा मानबहादुर विश्वकर्मा,संघीय मामिला समन्वय विभागमा चन्द्रबहादुर केसी,संसदीय मामिला विभागमा गोविन्दबहादुर शाह,कानून विभागमा मानबहादुर नेपाली,विद्यार्थी विभागमा राजीव ढुंगाना,पेशागत तथा वुद्धिजीवी विभागमा डा.डिला संग्रौला,शिक्षा विभागमा नैनसिंह महर,स्वास्थ्य विभागमा डा.चन्द्रमोहन यादव,निर्माण व्यवसाय समन्वय विभागमा मदनबहादुर अमात्य,सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभागमा शिवप्रसाद हुमागाईं तथा कृषि तथा किसान विभागमा उमेश श्रेष्ठ प्रमुख मनोनीत भएका छन्।

यसैगरी,खेलकूद विभागमा उमेशजंग रायमाझी,प्राकृतिक स्रोत विभागमा तारामान गुरुङ,साहित्य, कला तथा संस्कृति विभागमा विद्यादेवी तिमिल्सीना,दलित समुदाय समन्वय र सशक्तिकरण विभागमा लक्ष्मी परियार,द्वन्द व्यवस्थापन तथा मेलमिलाप विभागमा कृष्णकिशोर घिमिरे,मुस्लिम विभागमा मैकुलाल वाल्मिकी,वित्तिय संस्था समन्वय विभागमा कर्णबहादुर बुढा,विज्ञान तथा सूचना प्रविधि विभाग मा सुशीला मिश्र भट्ट,भूपू सैनिक विभाग मा महेन्द्र कुमारी लिम्बू,आर्थिक नीति तथा योजना विभागमा प्राडा गोविन्दराज पोखरेल,शुभेच्छुक संस्था समन्वय विभागमा अब्दुल सत्तार,श्रमिक तथा ट्रेड युनियन विभागमा हरिशरण नेपाली,भूमि व्यवस्था तथा भूमिहिन,अव्यवस्थित बसोबास समन्वय विभागमा नृपबहादुर वड,
मानव अधिकार विभागमा धना खतिवडा,वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागमा कल्याणकुमार गुरुङ,ऊर्जा तथा जलस्रोत विभागमा अनिलकुमार रुंगटा,बालबालिका तथा किशोर-किशोरी समन्वय विभागमा डा.जीवन राना,नागरिक सम्बन्ध तथा समस्या सम्बोधन समन्वय विभागमा लक्ष्मी खतिवडा,व्यवसायिक सिप विकास विभागमा गंगालक्ष्मी अवाल,विपन्न उत्थान समन्वय विभागमा डा.गोपाल दहित,सामाजिक संघ संस्था समन्वय विभागमा अर्जुनप्रसाद जोशी,पुस्तकालय तथा पार्टी अध्ययन-स्रोत केन्द्र विभागमा अजयवावु शिवाकोटी,धर्म-संस्कृति समन्वय बिभागमा ध्यानगोविन्द रञ्जित तथा पूर्व आप्रवासी समन्वय विभागमा दिनेश कोइरालालाई प्रमुख तोकिएको पौडेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्