भावी प्रधानसेनापतिमा सिग्देल पक्का,पाए कामुको जिम्मेवारी



काठमाडौं ।नेपाली सेनाको भावी प्रधानसेनापतिमा अशोकराज सिग्देल पक्का भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्‌को बैठकले उनलाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेसंगै उनी प्रधान सेनापति बन्ने पक्का भएको हो ।

प्रधानसेनापति प्रभुराम शर्माले २४ भदौदेखि अवकाश पाउँदैछन् । उनी एक महिनाअिघ नै बिदामा बस्न लागेपछि सिग्देललाई कामु दिने निर्णय सरकारले गरेको हो । उनको शैक्षिक प्रमाणपत्रमा कैफियत देखिएपछि छानविनको माग हुँदै आएकोमा सरकारले कामु दिएर उनलाई नै अघि बढाउने निर्णय गरेको हो ।
यसअघि रथीमा बढुवा सिफारिस भएका ताराध्वज पाण्डेले नागरिकतामा कीर्ते गरेको पाइएपछि उनले राजीनामा दिएका थिए।

प्रतिक्रिया दिनुहोस्