स्वदेश फर्किए सोतोकान कराते संघका १५ खेलाडी
काठमाडौं । साउन ११ गते देखि १३ गतेसम्म कलकत्ताको नेता जी इन्डोर स्टुडियममा भएको इन्टरनेशनल कराते च्यालेन्ज च्याम्पियनसिपमा सहभागी भई नेपाल फर्किएका छन् ।

उनीहरुले आफ्नो राम्रो क्षमता प्रस्तुत गरेर नेपालको नाम चिनाएका छन् । यस टिममा सिनियर टिम कुमितेमा पुरु,दिपेश राइ,प्रदीप राइ,हिमांसु मगर,सुसान नेपाली,एकल कुमितेमा,नम्रता वाइवा, प्रथम रिहाना गैरे, द्वितीय कविता सुनार,द्वितीय सामरागे प्रधान, तृतिय हुनेहरुमा एदिक्स मियाँ,रिदम अमागाई,जस्मिना खड्का,र प्रदिप राई रहेका छन् ।
उक्त प्रतियोगितामा सहभागी खेलाडीहरुले कप, प्रमाण पत्रको साथमा नगद पनि हात पारेका छन् ।

