पूर्बमन्त्री जोशी भ्रष्टाचारी ठहर, नौ महीना कैद र ६९ लाख १५ हजार रुपैयाँ जरिवानाको फैसला
काठमाडौँ।सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले ११ वर्षपछि गरेको फैसलामा जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै नौ महीना कैद र ६९ लाख १५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको हो। यही मुद्दामा अन्य प्रतिवादी ताराराज पाण्डे र वासुदेव पन्तलाई भने सफाइ दिएको छ।
विशेष अदालत, काठमाडौंले २०६९ सालमा जोशीलाई दुई करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत पुष्टि हुन नसकेको भन्दै दोषी ठहर गरेको थियो। यस विरुद्ध उनले सर्वोच्चमा पुनरावेदन गरेका थिए।

