त्रिशुलीमा बेपत्ता दुई बस खोज्न पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन : गृहमन्त्री लामिछाने
काठमाडौं।उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नारायणगढ-मुग्लिन सडकमा पहिरोमा परी त्रिशुली नदीमा बेपत्ता भएका दुई यात्रु बस खोज्न पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जानकारी गराएका छन् ।

गृहमन्त्री लामिछानेले बाढी र पहिरोको जोखिम भएका क्षेत्रमा रेड अलर्ट जारी गरी ति स्थानहरूमा रात्रि बस संचालन नगर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिएको जानकारी दिएका छन् ।लामिछानेले दुई यात्रु बस पहिरोले बगाएको प्रति दु:ख व्यक्त गर्दै सो सूचना प्राप्त हुनासाथ सुरक्षाकर्मीहरू परिचालन गरिएको जानकारी गराएका छन् ।
उनले संसदमा पछिल्लो २४ घण्टामा बाढी पहिरोबाट देशभर १७ जनाको मृत्यु भएको जानकारी दिएका छन् । साथै लामिछानेले विपदबाट राहत र उद्धारको काम सरकारले तीव्र रूपमा गरिरहेको संसदमा जानकारी गराएका छन् ।file foto

