सशस्त्र प्रहरीले खोल्यो बाग्लुङ्गको विभिन्न स्थानमा अवरुद्ध सडक
बागलुङ।अविरल वर्षाका कारण असार २७ गते काठेखोला गाउँपालिका–६ बयलडाडा सडकखण्डमा पहिरो आई पुर्ण रुपमा अवरुद्ध भएको सडक सशस्त्र प्रहरीले खुलाएको छ ।

कालिगण्डकी करिडोर अन्तर्गत बाग्लुङ्ग जिल्लाको बाग्लुङ्ग नगरपालिका– १० मा पर्ने डबल्याङ्ग र मध्य पहाडी लोकमार्ग अन्तर्गतको अवरुद्ध सडकहरु सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बाग्लुङ्गको सुरक्षा फौजले खुलाएको हो ।
यसैगरी अविरल बर्षाको कारण पहिरोले सोही जिल्लाको बाग्लुङ्ग नगरपालिका–३ तातोपानी भुनियामा ४५ वर्षिय मनमती बोहोराको कच्ची घर भत्किन गई पुरिएको लत्ताकपडा तथा सरसामानहरु निकालिएको र बागलुङ नगरपालिका–७ तितौरेस्थित पानिवनमा घरको पालि भत्कीन जाँदा ५१ बर्षिया खिम कुमारी शर्माको मृत्यु भएको सशस्त्र प्रहरी बल आश्रित गुल्म बागलुङले जनाएको छ।

