रास्वपाले खोस्यो डा. मुकुलको सम्पूर्ण जिम्मेवारी



काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री डा.मुकुल ढकालको सम्पूर्ण जिम्मेवारी खोसेको छ।पार्टी केन्द्रीय कार्यालय बालाजु काठमाण्डौमा आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकले महामन्त्री ढकाललाई महामन्त्री,केन्द्रीय सदस्य र पार्टी प्रवक्ताको जिम्मेवारीबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।

पार्टीको निर्णय सुनाउँदै कार्यवाहक प्रवक्ता मनिषा झाले केन्द्रिय समितिमा भएको छलफलका आधारमा ढकालले पार्टीको आचारसंहीता उल्लङ्घन गरेको ठहरसहित पदबाट बर्खास्त गरेको बताउनुभयो । केन्द्रीय अनुशासन आयोगबाट हदैसम्मको कारबाही गर्नुपर्ने सिफारिसलाई ध्यानमा राखि विभिन्न पदबाट जिम्मेवारीमुक्त गर्ने सर्वसम्मत निर्णय भएको कार्यवाहक प्रवक्ता झाले बताउनुभयो । उहाँका अनुसार ढकालले पार्टी विधानको धारा ५७ अनुसार केन्द्रीय समितिले गरेको निर्णय चित्त नबुझे ३५ दिनभित्र पार्टीको पुनरावेदन समितिमा पुनरावेदनका लागि निवेदन दिनसक्ने निर्णय भएको छ ।

रास्वपाको अनुशासन आयोगले डा. ढकाललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्न सुझाव दिएको थियो । ढकालले ३८ वटा जिल्ला भ्रमणपछि तयार पारेको ३२ पृष्ठको प्रतिवेदन पार्टीभित्र छलफल नहुँदै सार्वजनिक गरेको भन्दै आलोचना पनि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्