‘महामण्डल युवा सम्मान’द्वारा जमरकट्टेल सम्मानित
काठमाडौं।नुवाकोट साहित्य प्रतिष्ठान नेपालले सोलुखुम्बुका साहित्यकार सुरेश बाबू जमरकट्टेललाई ‘महामण्डल युवा सम्मान २०८१’ बाट सम्मान गरेको छ ।

संस्थाले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा महामण्डल साहित्य सम्मानबाट डा.मञ्जु केसी प्रधान,महामण्डल युवा सम्मानबाट सुरेशबाबु जमरकट्टेल र कमलादेवी तथा जगनिधि गजुरेल स्मृति साहित्य सम्मानबाट टेकनाथ दहाललाई सम्मान गरिएको संस्थाका अध्यक्ष विष्णप्रसाद सापकोटाले जानकारी दिए ।
नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारमा भएको कार्यक्रममा सम्मानित स्रष्टाहरुलाई कार्यक्रमका प्रमुख अतिथि साहित्यकार नयनराज पाण्डेले दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गरेका छन् ।नेपाली भाषा साहित्यको क्षेत्रमा योगदान पुर्याउने विभिन्न क्षेत्र र विधाका साहित्यकारहरुलाई सम्मान गरिएको संस्थाका संस्थापक अध्यक्ष श्रीराम श्रेष्ठले बताउनुभयो।

