बिश्वामित्र गणेश सेकेन्डरी स्कुलले उचाल्यो तेस्रो लायन्स कप गर्ल्स फुट्सल प्रतियोगिताको उपाधी
काठमाडौं।तेस्रो लायन्स कप गर्ल्स फुट्सल प्रतियोगिताको उपाधी बिश्वामित्र गणेश सेकेन्डरी स्कुलले जित्न सफल भएको छ।लायन्स क्लब अफ काठमाडौ रोयल फ्रेन्डसले आयोजना गरेको फुटसल प्रतियोगितामा भ्याली पब्लिक सेकेन्डरी स्कुलले दोस्रो स्थान हासिल गर्न सफल भयो।

जेठ २४ गते देखि शुरु भइ शनिबार सप्पन्न भएको एवम लिग कम नक आउटको आधारमा सन्चालन गरिएको यस प्रतियोगितामा १६ वटा बिद्यालयहरुले भाग लिएका थिए।प्रतियोगितामा सर्वोकृस्ट एवम उच्च गोलकर्ताको पुरस्कार मिञ्जल लामाले पाइन।
प्रतियोगिताका विजयी खेलाडी एवम बिद्यालयहरुलाइ कार्यक्रम संयोजक सृष्टि बज्राचार्य प्रतियोगिताका प्रायोजक नेपाल फाइनान्स कम्पनीका निर्देशक द्वय दिप्रश शाक्य,रोजिना श्रेष्ठ एवम लायन्स क्लब अफ काठमाडौ रोयल फ्रेन्ड्सका अध्यक्ष उदयन रेग्मीले पुरस्कार वितरण गरेका थिए।
महिलाहरुलाई खेलकुदमा सहभागी गराई उनीहरुमा रहेको अन्त्तर्निहित क्षमतालाइ प्रस्फुटन गरि महिला शशक्तीकरणमा योगदान गर्न हरेक बर्ष प्रतियोगिता आयोजना गरिंदै आएको छ।

