देशमै गतिलो शिक्षा र क्षमताअनुसार रोजगारी भएमात्रै प्रजातन्त्रको रसिलो अर्थ हुन्छ : पूर्बराजा
काठमाडौँ ।पूर्वराजा ज्ञानेन्द्र शाहले सबैलाई देशमै गतिलो शिक्षा र सबैको क्षमताअनुसार रोजगारीको व्यवस्था हुने भएमा नै प्रजातन्त्रको रसिलो अर्थ रहने बताउनुभएको छ।

७४ औँ प्रजातन्त्र दिवसको पूर्बसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले प्रजातन्त्रमा सबैले खान लाउन पाउने, स्वस्थ र सन्तुष्ट भएर बाँच्न पाउने अवस्था हुनुपर्ने बताउनुभएको हो।
पूर्बराजा शाहले प्रजातन्त्र पूजा शब्दले मात्रै गरेर नपुग्ने बताउँदै प्रजातन्त्रको पूजा कर्तव्य, त्याग, उदारता, निष्ठाको राजनीति र सही आचरणले मात्रै हुन सन्देशमा उल्लेख गर्नुभएको छ।
जनता जनार्दनले जे भन्दछन् –’ त्यो सुनौं – त्यसलाई गुनौं र राज्य व्यवस्थाका सबै हर्ताकर्ताले धरातलीय यथार्थका आधारमा प्रजातान्त्रिक विधि व्यवहार झल्काउनु पर्दछ’ वहाँले भन्नुभएको छ,-‘प्रजातन्त्रभित्र अर्थतन्त्र पृथक हुन सक्दैन। आफ्नो श्रोत, साधन र सीप सबै यसमा समाहित हुनुपर्दछ। यसैबाट नै प्रजातन्त्र बलियो र गहकिलो बन्दछ।

