कवि कला सेरेङको‘कलाका अन्तर्मन’ र ‘अतितका यादहरू’ सार्वजनिक
काठमाडौं । कवि तथा गीतकार कला सेरेङको कविता तथा गीत सङ्ग्रह ‘कलाका अन्तर्मन’ र गीतिभिडियो ‘अतितका यादहरू’ आज एक कार्यक्रमका बीच सार्वजनिक भएको छ ।

शनिबार आयोजीत समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले उक्त कृति सार्वजनिक गरेका हुन । अढाइ दशकदेखि कर्मथलो हङकङमा लाई बनाइ आइरहेकी सेरेङको यो पहिलो कृति हो । पुस्तक कृतिभित्र १ सय १५ शीर्षकका गीत तथा कविता रहेका छन् ।
परदेशमा रहँदा घरदेशको सम्झनालाई विषयवस्तु केन्द्रित रहेका छन् । मातृभूमि नेपालको वनपाखा, गाउँघर, सर्वोच्च शिखर सगरमाथा, बाबुआमा, पुर्खाले सिंचेको मातृभूमिप्रति मायाका शब्द उनिएका छन् । कविले भनेकी छिन्–
पुर्खाले सिंचेको मातृभूमिप्रति परदेशमा रहदा धेरै माया जाग्दो रहेछ।।
अर्काको भूमिमा एकजना नेपाली हुनु
नेपालीपनमा बाँच्न चाहनु नै
आफ्नोपनको खोजी गर्नु रहेछ..
जीवनभर अर्काको भूमिमा
श्रम बेच्नेहरूलाई पनि
स्वदेशको माटो प्यारो लाग्दो रहेछ..
कवि सेरेङले डायस्पोरामा रहेर मातृभूमि नेपालको मायाले गर्दा मनका भावनाहरू साहित्यमा उतारेको बताइन ।
‘मैले नेपाली साहित्यको इतिहास पढेर, सिद्धान्त घोकेर कुनै रचना रचेको छैन,’ उनले भनिन हामी डायस्पोरामा रहेर मातृभूमि र नेपाली भाषाको श्रीवृद्धि गर्ने चाहनाले भावनाको सँगालो प्रकाशनमा ल्याएको हुँ ।
विनोद चोङबाङले संयोजन गर्नुभएको कृतिमा डा. दिलकुमार हाङसुरुङ लिम्बू र नरेन नुगो लिम्बूले भूमिका लेखन गरेका छन् ।
यसैगरी कला सेरेङको ‘अतितका यादहरू’ गीतिभिडियोको गीतलाई संगीतकार बीबी अनुरागीले संगीत दिएका छन् भने प्रसिद्ध गायिका अन्जु पन्तले गाएकी छन् । उक्त भिडियोमा ओखलढुंगाको लिखु गाउँपालिका–९ पोकली वाच्पुको ग्रामीण जनजीवन समेटिएको छ । परम्परागत कृषक परिवारको जीवनशैली प्रस्तुत गरिएको छ । त्यसमा कला सेरेङ र उनका जीवनसाथी सीएम सुनुवार स्वयंले अभिनय गरेका छन। सीएम सुनुवार वाम्बुले राई संस्कृतिमा आधारित चलचित्र ‘सुम्निमा’को नायकसमेत हुन् । सीएमले थुप्रै म्युजीक भिडियोमा अभिनय समेत गरेका छन ।
त्यस्तै नेपाल प्रज्ञा(प्रतिष्ठानका कुलपति तथा पुस्तक बिमोचन कार्यक्रमका प्रमुख अतिथि भूपाल राईले नेपाली कला र सस्कृतीको जगेर्ना प्रवासमा रहेका नेपालीहरुले संरक्षण गरिरहेको दाबी गरेका छन् । आफ्नो अमेरिका भ्रमणमा अमेरीका बस्ने नेपालीहरुले नेपाली मौलिकता , कला र सस्कृतिको जगेर्ना गरेका देख्दा आफुलाइ खुशी लागेको धारणा व्यक्त गरे ।
पुस्तककि लेखिका सेरेङलाई कबिता लेख्नमा निरन्तरता दिन उनले सुझाएका छन । धेरै सर्जकहरु आफ्नो कर्मलाइ निरन्तरता नदिदा छायामा परेको तर्फ इन्किंत गर्दै राइले त्यस बाट पाठ सिक्न अनुरोध गरे ।
कार्यक्रममा नेपाल प्रज्ञा(प्रतिष्ठानका सदस्य सचिव, कलाकार , फिल्म निर्माता र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा मन्तव्य राख्ने सबैले यस्ता कामले निरन्तरता पाउनुपर्ने बताएपछि कवियात्रीले आफुले कला साहित्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन ।

