सरस्वती पूजाका दिन प्रशान्ति स्कुलमा निःशुल्क स्वास्थ्य शिविर हुने



काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ कपनमा रहेको प्रशान्ति एकेडेमीले वसन्त पञ्चमी तथा सरस्वती पूजा २०८० को अवसर पारेर विद्यार्थी तथा अभिभावक लक्षित निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम गर्ने भएको छ ।

विशेष गरी अभिभावकको स्वास्थ्यलाई लक्षित गरेर विद्यालयले निःशुल्क स्वास्थ्य शिविर इमर्जेन्सी हेल्थ केयर कपन सँगको सहकार्यमा सञ्चालन गर्न लागेको हो । रोग लाग्नु अघि नै आफ्नो स्वास्थ्य प्रति आफू सजक रहन र केही समस्या देखिए रोगको पहिचान गरेर निदान गर्न विद्यालयले स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको विद्यालयका प्रधानाध्यापक समिर बास्तोलाले जानकारी दिएका छन् ।

वसन्त पञ्चमी तथा सरस्वती पूजामा प्रशान्ति एकेडेमीले अक्षरारम्भ कार्यक्रम गर्दैछ। सोही दिनबाट साना नानीबाबु विद्यालय गएमा धेरै विद्या प्रदान गर्न सकिने जनविश्वास समेत रहेको छ । त्यसै कारण धेरै नेपाली अभिभावक सरस्वती पूजाका दिनबाट विद्यालयमा अक्षरारम्भ गराउने गरेको पाइन्छ ।
सरस्वती पूजा विशेष अक्षरारम्भ कार्यक्रम २०८० मा विधालयले प्ले ग्रुपदेखि युकेजी सम्म निःशुल्क भर्ना अभियान सञ्चालन गरेको छ ।त्यसैगरी कक्षा एक देखि कक्षा नौं सम्म नाम दर्ता कार्यक्रम राखेको प्रसासनले जनाएकाे छ।

त्यसैगरी, बार्षिक खेलकुद सप्ताह २०८० मा सहभागी भई विभिन्न खेलकुद विधाका विजेता उपविजेता विद्यार्थीहरूलाई पुरस्कार वितरण समेत गरिने विद्यालयले जनाएको छ । कार्यक्रम फागुन २ गते बुधवार बिहान ७ बजेदेखि सरस्वती पूजा, ११ बजेदेखि हेल्थ क्याम्प र ११.३० बजेदेखि पुरस्कार वितरण तथा विविध अन्य कार्यक्रम विद्यालयको प्राङ्गणमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्