संसदीय गतिविधिहरुलाई थप प्रभावकारी र व्यवस्थित बनाउने प्रण गर्न जरुरी : सभामुख घिमिरे
काठमाडौं।सभामुख देवराज घिमिरेले संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण थलो भएका कारण संसदीय गतिविधिहरुलाई थप प्रभावकारी र व्यवस्थित बनाउने प्रण गर्न जरुरी रहेको बताएका छन्।

सोमबारबाट सुरु प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संसदको चालू अधिवेशनबाट मुलुकलाई आवश्यक कानून निर्माण गर्ने कुराको प्रण गर्न जरुरी रहेको बताएका हुन्। विगतका दुई अधिवेशनमा संसद नियमावलीको निर्माण तथा विषयगत समितिहरुले पूर्णता पाएसँगै संसदीय गतिविधिहरु क्रियाशील र जीवन्त हुँदै गएको महसुस गरेको भन्दै उनले ऐन निर्माणमा संख्यात्मक नतिजा प्राप्त हुन नसके पनि एक वर्षको बीचमा पर्याप्त गृहकार्य भएको बताए ।
चालू अधिवेशनमा मुलुकलाई आवश्यक कानून निर्माण गर्ने र संसदीय गतिविधिहरुलाई थप प्रभावकारी र व्यवस्थित बनाउने प्रण गर्न जरुरी देखेको र राष्ट्रका साझा मुद्दाहरुमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको एकतालाई निरन्तरता दिनुपर्ने सभामुखको भनाई छ ।file foto

