महासमिति बैठक तयारीका लागि कांग्रेसमा विभिन्न उपसमिति गठन
काठमाडौं।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महासमिति बैठकको तयारीका लागि विभिन्न उपसमितिको संयोजक चयन गरेका छन्।

आगामी फागुन ७ गतेदेखि प्रारम्भ हुने महासमिति बैठक व्यवस्थित एवं प्रभावकारी बनाउन देउवाले उपसमिति संयोजकको जिम्मेवारी तोकेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।देउवा महासमिति बैठक तयारी मूल समितिका संयोजक हुन।
मुख्यसचिव पौडेलका अनुसार आईतवार सभापति देउवाले प्रचार प्रसार उपसमितिको संयोजकमा मीनबहादुर विश्वकर्मा,आवास समन्वय उपसमितिको संयोजकमा मदनबहादुर अमात्य,भोजन व्यवस्थापन उपसमितिको संयोजकमा उदयशम्शेर राणा,यातायात व्यवस्थापन उपसमितिको संयोजकमा धना खतिवडालाई चयन गरेका छन् ।
यसैगरी स्वयंसेवक परिचालन उपसमितिको संयोजकमा जीतजङ्ग बस्नेत, स्वास्थ्य समन्वय उपसमितिको संयोजकमा उर्मिला नेपाल केसी, प्रदेश समन्वय उपसमितिको संयोजकमा ईन्द्रबहादुर बानियाँ र स्थानीय व्यवस्थापन उपसमितिको संयोजकमा जितेन्द्र श्रेष्ठ जिल्ला सभापति,ललितपुरलाई जिम्मेवारी दिइएको उनलेे जानकारी दिए।

